राष्ट्रपतिको मुटुमा समस्या, गंगालाल भर्ना - Chaitanya News
  • 2026-11-16
  • 09:10:37
  • सोमबार,मंसिर ०१, २०८३
  • राष्ट्रपतिको मुटुमा समस्या, गंगालाल भर्ना

    राष्ट्रपतिको मुटुमा समस्या, गंगालाल भर्ना

    काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन्।

    मुटुमा समस्या देखिएपछि उनलाई मंगलबार बिहान ७ बजे बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा लगिएको थियो।

    उनलाई बिहान ११ बजे भर्ना गरिएको सचिवालय स्रोतले जनाएको छ। अहिले राष्ट्रपति पौडेललाई अस्पतालको भिआईपीतर्फ ६ नम्बर क्याबिनको २५४ नम्बर बेडमा राखिएको अस्पतालले जनाएको छ।

    उनलाई आज दिनभर अस्पतालमा राखेर स्वास्थ्य अवस्थाको अवलोकन गर्न लागिएको हो ।

    राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले सामान्य स्वास्थ्य जाँच मात्रै भएको जानकारी दिए।