लोकसेवा उपयोगी सामग्री [७४] - Chaitanya News
  • 2026-06-05
  • 18:14:37
  • शुक्रबार,जेठ २२, २०८३
  • लोकसेवा उपयोगी सामग्री [७४]

    लोकसेवा उपयोगी सामग्री [७४]

    राष्ट्रिय सुरक्षा व्यवस्थापनको क्षेत्र र नेपालमा राष्ट्रिय सुरक्षाको विद्यमान व्यवस्था वारे चर्चा गर्नुहोस्।

    – राज्य र सरकारको औचित्य सिद्ध गर्ने माध्यम नै सुरक्षा हो। सुरक्षा सार्वभौम राज्य प्रणालीको प्रमुख काम हो।
    – राष्ट्रिय सरक्षाका दुई आयाम छन्, परम्परागत आयाम र मानव सुरक्षा आयाम। परम्परागत सुरक्षाले शान्ति सुरक्षा, सीमा सुरक्षा, व्यक्तिगत सम्पतिको सुरक्षालाई मात्र संवोधन गर्दछ भने मानव सुरक्षाले स्वतन्त्रता, स्वाभिमान र जीवन प्रणालीको समग्र सुरक्षा गर्ने विस्तृत अर्थ राख्दछ। त्यसैले राष्ट्रिय सरक्षा मानव सुरक्षाको अभिन्न अंगका रूपमा सुरक्षालाई लिन थालिाएको छ।
    – राष्टिय सुरक्षा व्यवस्थापनका प्रमुख क्षेत्रहरु यी हुन् :
    1. राष्ट्रिय अखण्डता र स्वतन्त्रताको रक्षा
    2. सीमा सुरक्षा
    3. राष्ट्रिय मूल्य मान्यता र अमूल्य निधिहरुको सुरक्षा
    4. नागरिक सुरक्षामार्फत व्यवस्थित समाज निर्माण
    5. सुरक्षा निकाय र नागरिक सम्बन्धको सदृढीकरण
    6. सुरक्षामा नागरिक सर्वोच्चताको अवधारणा अवलम्वन
    7. अपराध नियन्त्रण र निरोध
    8. प्रकोप तथा विपद समाधान र नियन्त्रण
    – संविधान अनुसार राष्ट्रिय सुरक्षाको जिम्मेवारी मूलत संघीय सरकारमा दिइएको छ र संघीय कानून अनुसार सुरक्षा संयन्त्रहरू परिचालित हनेगर्दछन्।
    – नेपालमा राष्ट्रिय सुरक्षा व्यवस्थापनका लागि संविधानतः केही निकाय र कार्यक्षेत्र समेत निर्धारण गरेको छ :

    – राष्ट्रिय सुरक्षा परिषद : संविधानको धारा २६६ अनुसार प्रधानमन्त्रीको अध्यक्षतामा रक्षा, गृह, अर्थ, परराष्ट्र मन्त्री, मुख्य सचिव र प्रधान सेनापति सदस्य रहने राष्ट्रिय सुरक्षा परिषदले नेपालको समग्र राष्ट्रिय हित, सुरक्षा र प्रतिरक्षा सम्बन्धी नीति तर्जुमा गर्न र नेपाली सेना परिचालन र नियन्त्रण गर्न नेपाल सरकारलाई सिफारिस गर्दछ।

    – नेपाली सेना : नेपालको संविधानको धारा २६७ मा नेपालकोस्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधिनता र राष्ट्रिय एकताको रक्षाका लागि नेपाल सरकार मातहत नेपाली सेना रहेको छ।

    – नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभाग : सर्वसाधारणको सुरक्षा, अपराध नियन्त्रण लगायत नेपाल सरकारको सुरक्षा नीति कार्यान्वयन गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागको संगठन संरचना उल्लेख गरेको छ। यी सुरक्षा निकायहरू आन्तरिक सुरक्षाकोनेतृत्व गर्ने गृह मन्त्रालयकोमातहत संघीय कानून अनुसार परिचालित हन्छन्।

    – उल्लिखित संवैधानिक संरचना र संगठनहरू अलावा विदेशस्थित नेपाली नियोग र कार्यकारिणी अन्तर्गतका निकायहरू पनि राष्ट्रिय सुरक्षामा अप्रत्यक्ष रूपमा संलग्न रहन्छन्।
    – विकास तथा नीति व्यवस्थापनका दृष्टिकोणमा राष्ट्रिय योजना आयोग, परराष्ट्र मन्त्रालय र अन्य निकायहरू पनि प्रत्यक्ष र परोक्ष रूपमा सुरक्षा व्यवस्थापनमा सम्बन्धित हन्छन्।
    – नेपालका अमूल्य सूचना तथा जानकारीको सुरक्षाका लागि साइवर सुरक्षाको व्यवस्था छुट्टै कानून अन्तर्गत गरिएको छ।

    – नेपालको राष्ट्रिय सुरक्षा व्यवस्थामा केही चुनौतीहरु विद्यमान छन् :

    1. सुरक्षाकोविषयलाई एकांगी र सुरक्षा प्रशासनकोविषयमा मात्र लिनेप्रवृत्ति।
    2. गरिबी, असमानता र विपन्नताले सुरक्षा चुनौती र द्वन्द्वको जोखिम जन्माएको।
    3. खुला सीमानाका कारण सीमा क्षेत्र अपराध र तस्करी नियन्त्रण गर्न नसकिएको।
    4. राष्ट्रिय सुरक्षाको विषयमा राजनैतिक दलबाट एकदमै कम संवेदनशीलता देखाएका।
    5. विश्वव्यापीकरणका कारण सुरक्षा जोखिम बढेको, तर त्यसलाई संवोधन गर्ने प्रतिरक्षा रणनीति नभएको।
    6. संगठित अपराधको कार्यजालो विस्तार, जसलाई नियन्त्रण गर्ने सुरक्षा संयन्त्रबाट कमजोर।
    7. सुरक्षा सम्बन्धी सूचनाको संकलन, विश्लेषण र उपयोग गर्ने परिपाटी निकै कमजोर।
    8. सुरक्षा संयन्त्रहरूबीच कार्यमूलक सहसम्बन्धको अभाव।
    9. मुलुक विस्तारैडिजिटल अर्थतन्त्रमा जाँदैगरेकोसन्दर्भमा विद्यतीय अपराध नियन्त्रण गर्ने संस्थागत क्षमताको अभाव। कोभिड १९ मा साइवर आक्रमण सक्रिय रह्यो।
    10. गरिबी, विपन्नता र संक्रमणको फाइदा उठाउदै कतिपय अगैससबाट धर्म, संस्कृति र पहिचानको उपहास गरी असुरक्षा बढाएको।
    11. विकास साझेदारको शर्त र स्वार्थका कारण राष्ट्रिय स्वाभिमान नै खतरामा पर्ने डर।
    12. जातियता र पहिचानका भावना उछालिएका कारण राष्ट्रिय सुरक्षा कमजोर भएको।
    13. अपराधको राजनीतिकरण र राजनीतिको अपराधीकरण बढेकाले समग्र सुरक्षा व्यवस्था कमजोर भएको।
    14. प्राकृतिक प्रकोप, जलवायुपरिवर्तन, आप्रवासन, अव्यवस्थित बसोवास, प्राकृतिक स्रोतको अन्धाधन्द दोहनका कारण मुलुकको दीर्घकालीन राष्ट्रिय सुरक्षामा हाँक आएको।
    15. कमजोर कुटनीतिका कारण राष्ट्रिय स्वार्थ रक्षाका लागि बहरुाष्ट्रिय मञ्चहरू उपयोग गर्न नसकिएको।

    (लोक सेवा आयोगद्वारा लिइने परीक्षाको सबै सेवा, समूहको प्रथम पत्रको वस्तुगतः बहुबैकल्पिक प्रश्न (Multiple Choice Question) का लागि अत्यन्त उपयोगी रहेको छ ।)

    (प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)

    सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।

    Chaitanya Academy Nepal

    New Baneshwor, Shankhamool, Kathmandu

    Contact No. 01-4792427, 9851246100, 9851146100