चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1081 of 1151
  • 2026-11-20
  • 19:44:19
  • शुक्रबार,मंसिर ०५, २०८३

About Author

पछिल्लो २४ घण्टामा एक हजार १८ जनामा डेंगु पुष्टि, एक जनाको मृत्यु

काठमाडौं– पछिल्लो २४ घण्टामा एक हजार १८ जनामा डेंगु पुष्टि भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडि) को तथ्याङ्क अनुसार २४ घण्टामा एक हजार १८ जना डेंगु सङ्क्रमित थपिनुका साथै एक जना सङ्क्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा डेंगु सङ्क्रमणबाट ४२ जनाको मृत्यु हुनुका साथै ३१ हजार १५१ जनामा डेंगु पुष्टि भएको ईडिसिडिको तथ्याङ्कमा उल्लेख गरिएको छ। चिकित्सकका अनुसार डेंगुको ज्वरो एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो। एडिस जातका लामखुट्टेले घाम उदाएको दुई घण्टापछि र घाम अस्ताउनुभन्दा दुई घण्टा अघि सक्रिय हुने हुँदा सचेत रहन चिकित्सकको सुझाव छ। सरकारले अविरल भइरहेको वर्षाले झाडापखाला, हैजा र डेंगुको खतरा बढेको भन्दै यसबाट बच्न आग्रह गरेको छ। डेंगुबाट बच्न घरपर तथा कार्यस्थलमा सफा पानी जमेको ठाउँमा लामखुट्टेले फूल पार्ने भएको हुँदा पानी जम्न नदिने,घर झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउन,पूरै शरीर ढाक्ने लुगा लगाउन सरकारको आग्रह छ। मन्त्रालयका अनुसार अहिलेसम्म देशका सातै प्रदेशका ७६ जिल्लामा डेंगु फैलिसकेको छ।

News by पछिल्लो २४ घण्टामा एक हजार १८ जनामा डेंगु पुष्टि, एक जनाको मृत्यु :