चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1079 of 1162
  • 2026-11-26
  • 17:04:06
  • बिहिबार,मंसिर ११, २०८३

About Author

प्रदेश सभा निर्वाचन १५८ स्थानमा महिलाको उम्मेदवारी शून्य

काठमाडौं– आगामी मंसिर ४ गते हुने प्रदेश सभा निर्वाचनमा महिला उम्मेदवारको उपस्थिती निराशाजनक रहेको पाइएको छ। निर्वाचन आयोगका अनुसार सात प्रदेशमा ३३० सिटको लागिको हुने निर्वाचनमा ३ हजार २२३ जनाको उम्मेदवारी परेको छ। उम्मेदवारी दिनेमध्ये २ हजार ९४३ जना पुरुष छन् भने २८० जना महिला। परेको कुल उम्मेदवारीमध्ये महिलाको संख्या मात्र ८.६८ प्रतिशत रहेको छ। आयोगले सार्वजनिक गरेको तथ्याङ्क अनुसार प्रदेश सभाका ३३० सिटमध्ये १५८ वटामा एक जना महिलाको पनि उम्मेदवारी परेको छैन। अर्थात करिव आधा सिटमा एक जना पनि महिला प्रतिस्पर्धामा उत्रिएका छैनन्। कुलको ४७.८७ प्रतिशत सिटमा महिला उम्मेदवारी शून्य रहेको छ। प्रदेश सभाका कुल सिटमध्ये १०८ वटामा मात्र एक–एक जना महिलाले उम्मेदवारी दिएका छन्। ३९ वटा सिटमा महिला उम्मेदवारको संख्या दुई–दुई जना रहेको छ। यस्तै, प्रदेश सभाको १३ सिटमा महिला उम्मेदवारको संख्या तीन–तीन जना रहेको छ। पाँच सिटमा महिला उम्मेदवारको संख्या चार–चार जना रहेको छ भने सात सिटमा महिला उम्मेदवार पाँच–पाँच जना रहेका छन्। प्रदेश सभातर्फ प्रदेश नं.१ मा ५२, मधेश प्रदेशमा ७४, बागमती प्रदेशमा ८०, गण्डकी प्रदेशमा २९, लुम्बिनी प्रदेशमा २९, कर्णाली प्रदेशमा ३ र सुदूरपश्चिम प्रदेशमा १३ जना महिलाले उम्मेदवारी दिएका छन्। न्युज कारखाना  

News by प्रदेश सभा निर्वाचन १५८ स्थानमा महिलाको उम्मेदवारी शून्य :