किष्ट अस्पताललाई शरीर गरेका दान जोशीको अन्त्येष्टिबारे छलफल हुँदै - Chaitanya News
  • 2026-04-25
  • 04:58:20
  • शुक्रबार,बैशाख ११, २०८३
  • किष्ट अस्पताललाई शरीर गरेका दान जोशीको अन्त्येष्टिबारे छलफल हुँदै

    किष्ट अस्पताललाई शरीर गरेका दान जोशीको अन्त्येष्टिबारे छलफल हुँदै

    काठमाडौं– ललितपुरको इमाडोलस्थित किष्ट अस्पतालमा उपचारको क्रममा निधन भएका वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीको अन्त्येष्टिबारे छलफल भइरहेको छ।

    आज बिहान ७ बजेर ९ मिनेटमा निधन भएको जोशीको अन्त्येष्टि कसरी गर्ने भन्ने बारेमा परिवार र अस्पतालबीच छलफल भइरहेको हो। जोशीले यसअघि आफनो शरीर किष्ट अस्पताललाई दान गरिसकेको थिए।

    आफ्नो शरीर दान गरिसकेका जोशीको कसरी अन्त्येष्टि गर्ने भन्ने बारे अहिले अस्पताल ललितपुर महानगरपालिका र परिवारका सदस्यबीच छलफल भइरहेको अस्पतालले जनाएको छ। अस्पतालका अनुसार परिवारको इच्छा अनुसार नै उनको अत्येष्टि हुनेछ।