काठमाडौं– शताब्दी पुरुष सत्यमोहन जोशीकी पत्नी राधादेवी जोशीलाई घरबाट ललितपुरको इमाडोलस्थित किष्ट अस्पतालमा ल्याइएको छ।
सत्यमोहन जोशीको पार्थिव शरीरलाई श्रद्धाञ्ली दिन उनलाई मंगलबारस्थित घरबाट अस्पताल ल्याइएको हो।
उनको परिवारले उनलाई अस्पताल ल्याएका छन्। उनी आफैं पनि अस्वस्थ्य छिन । हिँडडुल गर्न नसक्ने भएपछि उनलाई एम्बुलेन्समा ल्याइएको थियो। त्यसपछि ह्विलचियरमा राखेर लगिएको छ। अस्पतालका अनुसार जोशीको पार्थिव शरीरलाई ९.४५ देखि १०.४५ बजेसम्म शव गलाउनबाट बचाउन केमिकलको इन्जेक्सन लगाइनेछ। यस अवधिसम्म जोशीको शव अस्पतालमै राखिने ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले बताए।
उनका अुनसार केमिकलको इन्जेक्सन लगाइसकेपछि १०.४५ देखि ११.३० बजेसम्म परिवारका सदस्यले गर्नुपर्ने कार्य गर्ने कार्यक्रम रहेको छ। त्यसपछि अस्पतालमा श्रद्धाञ्जलीको लागि ११ः३० देखि १२ः३० मिनेटसम्म राखिने मेयर महर्जनले बताए।
त्यसपछि ललितपुर महानगरमा साढे १२ बजेदेखि ४ बजेसम्म राखिनेछ। यसवेला सर्वसाधारणले स्वर्गीय जोशीप्रति श्रद्धाञ्जली दिन पाउने मेयर महर्जनले जानकारी दिए। यसपछि जोशीको शव किष्ट अस्पताललाई नै हस्तान्तरण गरिनेछ।