सत्यमोहन जोशीको निधनबाट मुलुकले एक अभिभावक गुमायो : राष्ट्रपति भण्डारी - Chaitanya News
  • 2026-04-23
  • 16:06:53
  • बिहिबार,बैशाख १०, २०८३
  • सत्यमोहन जोशीको निधनबाट मुलुकले एक अभिभावक गुमायो : राष्ट्रपति भण्डारी

    सत्यमोहन जोशीको निधनबाट मुलुकले एक अभिभावक गुमायो : राष्ट्रपति भण्डारी

    काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनबाट पीडाबोध भएको बताएकी छन्। जोशीको निधनबाट मुलुकले एक अथक् स्रष्टा एवं अभिभावक गुमाएको पनि उनले बताएकी छन्।

    आज ट्वीट गर्दै उनले भनेकी छन्, ‘वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनबाट मुलुकले एक अथक् स्रष्टा एवं अभिभावक गुमाएको पीडाबोध भएको छ।’ सत्यमोहनको सार्थक जीवन हामी सबैका लागि प्रेरणाको स्रोत भएको पनि उनले उल्लेख गरेकी छन्।

    ललितपुर निवासी संस्कृतिविद् सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा आज बिहान निधन भएको हो। ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचारको क्रममा बिहान ७ बजेर ९ मिनेटमा जोशीको निधन भएको हो।