चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1075 of 1153
  • 2026-11-23
  • 03:57:07
  • आइतबार,मंसिर ०७, २०८३

About Author

पाँचथरमा १५ जनाले दिएल उम्मेदवारी, कांग्रेसका भीष्मलाई एमालेका वसन्तको टक्कर

काठमाडौं– मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा पाँचथरमा १५ जनाले उम्मेदवारी दिएका छन्। पाँचथरमा सत्ता गठबन्धन र एमालेबीच नै प्रमुख प्रतिस्पर्धा हुने आँकलन गरिएको छ। निर्वाचन आयोगका अनुसार नेकपा एमालेले बसन्त नेम्वाङलाई उम्मेदवार बनाएको छ भने सत्ता गठबन्धनले कांग्रेसका भीष्मराज आङ्देम्बेलाई उम्मेदवार बनाएको छ। यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले कमल बहादुर चेम्जोङ, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाललेमदन कुमार पोख्रेल, नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी लेनिनवादी) ले दीन नाथ घिमिरे, मंगोल नेशनल अर्गनाइजेसनले राम कुमार तुम्रोक, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले जस बहादुर योङहाङ, राष्ट्रिय जनमुक्ति पार्टीले नरेन्द्र प्रसाद कुरुम्वाङ, जनसमाजवादी पार्टी नेपालले भीम बहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीले दल प्रसाद लिङदेनलाई उम्मेदवार बनाएको छ। यस्तै स्वतन्त्र उम्मेदवारमा दल बहादुर आङदेम्बे, विष्टन लावती, बाल कृष्ण काफ्ले र लाख वहादुर पालूङ्वा रहेका छन्।

News by पाँचथरमा १५ जनाले दिएल उम्मेदवारी, कांग्रेसका भीष्मलाई एमालेका वसन्तको टक्कर :