रेष्टुरेन्ट व्यवसायी श्रवणकुमार कुँवरले पाए रिक्रियसन आन्टरप्रेनियर अवार्ड - Chaitanya News
  • 2026-04-23
  • 12:43:02
  • बिहिबार,बैशाख १०, २०८३
  • रेष्टुरेन्ट व्यवसायी श्रवणकुमार कुँवरले पाए रिक्रियसन आन्टरप्रेनियर अवार्ड

    रेष्टुरेन्ट व्यवसायी श्रवणकुमार कुँवरले पाए रिक्रियसन आन्टरप्रेनियर अवार्ड

    काठमाडौं– दुबईमा सम्पन्न ‘एसियन प्रोफेसनल अचिभमेन्ट अवार्ड २०२२’ अन्तर्गत नेपाली युवा होटल तथा रेष्टुरेन्ट व्यवसायी श्रवणकुमार कुँवरले रिक्रियसन आन्टरप्रेनियर अवार्ड पाएका छन्।

    देश तथा विदेशमा रहेर विभिन्न क्षेत्रमा योगदान दिने विशेष व्यक्तिलाई प्रदान गरिने ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड’मा रिक्रियसन आन्टरप्रेनियर अवार्ड विधामा मनोरन्जन तथा रेष्टुरेष्ट व्यापारमा कुवरले अवार्ड पाएका हुन्।

    सिजन मिडियाको १४ औं स्थापना दिवसको अवसर पारेर प्रदान गरिएको अवार्ड युपिएफ एसिया प्यासिफिकका को चियर डा। रोबेट किट्टेल (अमेरिका), पूर्व मन्त्री एकनाथ ढकाल साथै यूएइका एनआरएनए अध्यक्ष ठाकुर ढुङ्गानाले अर्वाड प्रदान गरेका थिए।

    सामाजिक, राजनैतिक, सांस्कृतिक, शैक्षिक र व्यवसायिक क्षेत्रमा एशियन मुलका सफल तथा क्रियाशिल व्यक्तिको मेहनतलाई थप प्रेरणा प्रदान गर्ने उद्देश्यले अवार्ड प्रदान गरिएको सिजन मिडियाका अध्यक्ष प्रदीपराज वन्तले बताए।

    उक्त कार्यक्रममा वंगलदेशका वरिष्ठ पत्रकार तथा फोटोपत्रकार काजी रौनक हुसेनलाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो।

    भारतीयद्वय दुवई शिक्षा मन्त्रालयमा कार्यरत रभिशंकर पाष्डे वेष्ट एजुकेशनल प्रोफेशनल अवार्ड र मानस कुमारलाई वेष्ट विजनेश लिडरसिप अवार्ड प्रदान गरिएको थियो।