सन्दीप लामिछानेलाई हिरासतमा राख्न म्याद थपका लागि अदालत लगिँदै - Chaitanya News
  • 2026-04-24
  • 23:34:50
  • शुक्रबार,बैशाख ११, २०८३
  • सन्दीप लामिछानेलाई हिरासतमा राख्न म्याद थपका लागि अदालत लगिँदै

    सन्दीप लामिछानेलाई हिरासतमा राख्न म्याद थपका लागि अदालत लगिँदै

    काठमाडौं– नेपाली क्रिकेटका निलम्बित कप्तान सन्दीप लामिछानेलाई आज हिरासतमा राख्न थप अनुमति लिनका लागि काठमाडौं जिल्ला अदालत लगिँदै छ।

    नाबालिग बलात्कारको अभियोग लागेका लामिछानेलाई २० गतेदेखि लागू हुने गरि ७ दिनका लागि म्याद थप गरिएको थियो। त्यो समय आज सकिएपछि प्रहरी थप समय हिरासतमा राख्नका लागि म्याद थप गर्न अदालत लैजान लागको हो।

    उनलाई १७ वर्षीया भनिएकी किशोरीलाई बलात्कार गरेको भन्दै गत भदौ २१ गते प्रहरी वृत गौशालामा जाहेरी परेको थियो। किशोरीले आफूलाई ५ गते काठमाडौंको एक होटलमा बलात्कार गरेको बताएकी छन्।

    यता निलम्बित कप्तान लामिछानेले आफू निर्दोष भएको र किशोरीको उमेर १८ वर्ष माथि भएको बताउँदै आएका छन्।