सुर्खेतमा एकीकृत समाजवादी केन्द्रले लिएन उम्मेदवारी फिर्ता, गठबन्धनलाई धोका - Chaitanya News
  • 2026-04-24
  • 23:34:18
  • शुक्रबार,बैशाख ११, २०८३
  • सुर्खेतमा एकीकृत समाजवादी केन्द्रले लिएन उम्मेदवारी फिर्ता, गठबन्धनलाई धोका

    सुर्खेतमा एकीकृत समाजवादी केन्द्रले लिएन उम्मेदवारी फिर्ता, गठबन्धनलाई धोका

    सुर्खेत– सुर्खेतमा नेकपा (एकीकृत समाजवादी केन्द्र) ले गठबन्धनको निर्णय विपरित दिएको उम्मेदवारी फिर्ता लिएको छैन। समाजवादीले सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ (क) र (ख) मा उम्मेदवारी दिएको थियो। यद्यपि गठबन्धनको निर्णय अनुसार भने (क) मा कांग्रेसका कालीप्रसाद शाक्य र (ख) मा माओवादीका विन्दमान विष्ट उम्मेदवार बनेका छन्।

    समाजवादीले सुर्खेतमा कुनै पनि क्षेत्र आफ्नो भागमा नपरेपछि (क) र (ख) मा उम्मेदवारी दर्ता गराएको थियो। जस अनुसार (क) समाजवादीका जिल्ला इञ्चार्ज शिव उपाध्याय र (ख) मा जिल्ला अध्यक्ष मोहन बडुवालले उम्मेदवारी दर्ता गराएका थिए।

    निर्वाचन अधिकृतको कार्यालयका अनुसार दुबै जनाको उम्मेदवारी कायम रहेको छ। समाजवादीका जिल्ला अध्यक्ष बडुवालले पार्टीको केन्द्रीय निर्णय अनुसार नै दुबै जनाको उम्मेदवारी कायम रहेको जानकारी दिए। समाजवादीले २ (ख) पाउनुपर्ने बताउँदै आएको थियो। यद्यपि गठबन्धनको केन्द्रीय संयन्त्रले कुनैपनि क्षेत्र नदिँदा उम्मेदवारी दर्ता गराएको थियो। अब २ (क) र (ख) मा त्रिपक्षीय भिडन्त हुने भएको छ। त्यसको भएको खण्डमा गठबन्धनका उम्मेदवारहरूलाई घाटा लाग्ने देखिन्छ।