बिहीबार सुनको भाउ स्थिर, चाँदी प्रतितोला १० रुपैयाँले घट्यो - Chaitanya News
  • 2026-04-25
  • 00:02:06
  • शुक्रबार,बैशाख ११, २०८३
  • बिहीबार सुनको भाउ स्थिर, चाँदी प्रतितोला १० रुपैयाँले घट्यो

    बिहीबार सुनको भाउ स्थिर, चाँदी प्रतितोला १० रुपैयाँले घट्यो

    काठमाडौँ– नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बिहीबार सुनको भाउ स्थिर हुँदा चाँदीको भाउमा भने प्रतितोला १० रुपैयाँले गिरावट आएको छ। आज छापावाल सुनको भाउ यसअघिकै मूल्य अर्थात प्रतितोला ९४ हजार २०० रुपैयाँ र तेजावी सुनको भाउ प्रतितोला ९३ हजार ७०० रुपैयाँ रहेको छ।

    यसैगरी चाँदीको भाउ प्रतितोला १० रुपैयाँले घटेको छ। यसअघि प्रतितोला एक हजार २०० रुपैयाँ रहेको चाँदीको भाउ आज घटेर एक हजार १९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।