चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 10 of 1115
  • 2026-10-15
  • 18:53:21
  • बिहिबार,आश्विन २९, २०८३

About Author

‘मिरर इमेज’ अणुको रहस्य सुल्झाउने अनुसन्धानका लागि कागन र सोईलाई रसायनशास्त्रको नोबेल

काठमाडौँ– रासायनिक प्रतिक्रियाबाट बन्ने अणुका दुई ऐनामा देखिने उल्टा स्वरूपमध्ये एउटालाई प्राथमिकतासहित उत्पादन गर्न सकिने आधार स्थापित गरेको अनुसन्धानका लागि यस वर्षको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका वैज्ञानिक हेनरी बी. कागन र जापानका वैज्ञानिक केन्सो सोईलाई संयुक्त रूपमा प्रदान गरिने भएको छ। रोयल स्वीडिस एकेडेमी अफ साइन्सेसले बुधबार असमान जैविक संश्लेषणमा गैर–रैखिक प्रभाव र अटोक्याटालिसिससम्बन्धी खोजका लागि कागन र सोईलाई पुरस्कृत गर्ने निर्णय गरेको हो। उनीहरूको अनुसन्धानले रासायनिक प्रतिक्रियाबाट अणु निर्माण गर्दा बन्न सक्ने दुई ‘मिरर इमेज’ अर्थात् ऐनामा देखिने एक–अर्काका उल्टा स्वरूपमध्ये चाहिएको स्वरूपलाई प्राथमिकतासाथ उत्पादन गर्न सकिने आधार विकास गरेको छ। यो उपलब्धिले विशेषगरी औषधि निर्माण तथा जैविक रसायनशास्त्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएको मानिएको छ। अणुका यी दुई ऐनाजस्ता स्वरूप देखिने भए पनि तिनको रासायनिक तथा जैविक व्यवहार फरक हुन सक्ने भएकाले सही स्वरूप छनोट गर्नु औषधि विकासमा महत्वपूर्ण मानिन्छ। कागन र सोईको खोजले लामो समयदेखि रसायनशास्त्रमा चुनौतीका रूपमा रहेको यस्तो अणुको संरचना नियन्त्रण गर्ने प्रक्रियालाई थप स्पष्ट बनाउन योगदान पुर्‍याएको छ।

News by ‘मिरर इमेज’ अणुको रहस्य सुल्झाउने अनुसन्धानका लागि कागन र सोईलाई रसायनशास्त्रको नोबेल :