३१ वर्षदेखि साहित्य तथा शिक्षण सेवामा समर्पित पूर्णबहादुर मल्ल चैतन्य कला–संस्कृति उत्सवमा सम्मानित - Chaitanya News
  • 2026-10-15
  • 15:11:43
  • बिहिबार,आश्विन २९, २०८३
  • ३१ वर्षदेखि साहित्य तथा शिक्षण सेवामा समर्पित पूर्णबहादुर मल्ल चैतन्य कला–संस्कृति उत्सवमा सम्मानित

    ३१ वर्षदेखि साहित्य तथा शिक्षण सेवामा समर्पित पूर्णबहादुर मल्ल चैतन्य कला–संस्कृति उत्सवमा सम्मानित

    धनगढी– शिक्षण, साहित्य तथा गजल सिर्जनाका क्षेत्रमा लामो समयदेखि योगदान पु¥याउँदै आएका शिक्षासेवी तथा साहित्यकार पूर्णबहादुर मल्ल सम्मानित भएका छन् । धनगढी उपमहानगरपालिका–५, शिवनगरस्थित चैतन्य पाठशालाले आयोजना गरेको ‘चैतन्य कला–संस्कृति उत्सव–२०८३’ अन्तर्गत मल्ललाई सम्मान गरिएको हो ।

    शिक्षा, संस्कार, साहित्य र सिर्जनशीलतालाई प्राथमिकता दिँदै आयोजना गरिएको उत्सवका अवसरमा मल्लले शिक्षण तथा साहित्यिक क्षेत्रमा पु¥याएको योगदानको उच्च कदर गर्दै सम्मानपत्र प्रदान गरिएको पाठशालाले जनाएको छ ।

    मल्ल विगत ३१ वर्षदेखि शिक्षण पेसामा समर्पित रहँदै समाजमा शैक्षिक चेतना फैलाउन सक्रिय छन् । शिक्षालाई ज्ञान, संस्कार, सिर्जना र व्यक्तित्व विकासको महत्त्वपूर्ण आधारका रूपमा आत्मसात् गर्दै आएका उनले शिक्षा क्षेत्रमा मात्रै नभई साहित्यिक सिर्जनामार्फत समेत आफ्नो विशिष्ट पहिचान स्थापित गरेका छन् ।

    विशेषगरी “बझाङी भाषामा गजल लेखन र प्रस्तुतिका माध्यमबाट मल्ल अन्तर्राष्ट्रिय जगतमा समेत परिचित छन्”। स्थानीय भाषा, मौलिक संस्कृति र जनजीवनका भावनालाई गजलमार्फत अभिव्यक्त गर्दै आएका उनले बझाङी भाषाको साहित्यिक पहिचान विस्तारमा महत्त्वपूर्ण योगदान पु¥याउँदै आएका छन् । उनका गजलमा स्थानीय समाज, भाषा, संस्कृति, जीवनका अनुभूति र मानवीय संवेदनाले स्थान पाउने गरेका छन् ।

    मातृभाषामा साहित्य सिर्जना गर्नुका साथै त्यसलाई प्रस्तुतिमार्फत व्यापक पाठक तथा श्रोतासमक्ष पु¥याउने मल्लको प्रयासले स्थानीय भाषाको संरक्षण, प्रवद्र्धन र प्रचारप्रसारमा समेत योगदान पु¥याएको र बझाङी भाषामा गजल लेखन र वाचनलाई आफ्नो सिर्जनात्मक यात्राको महत्त्वपूर्ण माध्यम बनाएका मल्लले स्थानीय भाषाको साहित्यलाई अन्तर्राष्ट्रियस्तरसम्म चिनाउन भूमिका निर्वाह गर्दै आएको चैतन्य पाठशालाका अध्यक्ष गणेश प्रसाद जोशीले बताए ।

    बझाङको केदारस्युँ गाउँपालिका–रायल निवासी मल्लले आफ्नो जीवनको लामो समय शिक्षा र साहित्यमा समर्पित गरेका छन्। शिक्षण कार्यसँगै साहित्यिक सिर्जना तथा सामाजिक चेतनाको विकासमा सक्रिय रहँदै आएका उनको यात्रा शिक्षा र साहित्यलाई एकसाथ अघि बढाउन चाहने नयाँ पुस्ताका लागि प्रेरणादायी बनेको छ ।

    मल्लले ३१ वर्षदेखि शिक्षण क्षेत्रमा पु¥याउँदै आएको योगदान तथा साहित्यिक सिर्जनामार्फत समाज र भाषाको क्षेत्रमा गरेको योगदानको कदर गर्दै सम्मान गरिएको चैतन्य पाठशालाका प्राचार्य प्रेमनिधि ओझाले बताए । उनका अनुसार शिक्षण पेसामा निरन्तर समर्पित रहनुका साथै मौलिक भाषामा साहित्य सिर्जना गरेर पहिचान स्थापित गर्नु प्रशंसनीय कार्य हो ।

    चैतन्य पाठशालाले कला, संस्कृति, साहित्य तथा शिक्षासँग सम्बन्धित गतिविधिमार्फत विद्यार्थीमा सिर्जनात्मक क्षमता, नैतिक मूल्य, सामाजिक उत्तरदायित्व र सांस्कृतिक चेतना विकास गर्ने उद्देश्यले उत्सव आयोजना गरेको हो । शिक्षा र साहित्य क्षेत्रमा योगदान पु¥याएका व्यक्तित्वलाई सम्मान गर्दा विद्यार्थी तथा नयाँ पुस्तालाई सिर्जनशीलता, भाषा संरक्षण र समाजप्रतिको जिम्मेवारीबारे प्रेरणा मिल्ने विश्वास आयोजकको छ ।

    पाठशालाका तर्फबाट प्रदान गरिएको सम्मानपत्रमा मल्लको ज्ञान, मार्गदर्शन, सेवा, प्रज्ञा र शैक्षिक यात्राले नयाँ पुस्ताका लागि प्रेरणाको काम गर्ने विश्वास व्यक्त गरिएको छ । शिक्षण सेवामा तीन दशकभन्दा बढी समय समर्पित गर्दै बझाङी भाषाको गजल लेखन र प्रस्तुतिमार्फत साहित्यिक पहिचान बनाएका मल्लको सम्मानलाई शिक्षा, साहित्य र मौलिक भाषाप्रतिको योगदानको कदरका रूपमा हेरिएको छ ।