चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 13 of 1165
  • 2026-11-29
  • 08:45:10
  • आइतबार,मंसिर १४, २०८३

About Author

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २१ विधामा प्राध्यापक पदका लागि आवेदन खुला

काठमाडौँ– पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले विभिन्न चिकित्सा तथा नर्सिङ विधामा सहप्राध्यापक र उपप्राध्यापक पदमा पदपूर्ति गर्ने भएको छ। प्रतिष्ठानको रजिस्ट्रार कार्यालयले कार्यसम्पादन करार सेवाअन्तर्गत योग्य नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो। प्रतिष्ठानले आज सूचना जारी गर्दै विभिन्न विशेषज्ञता भएका चिकित्सक तथा नर्सिङ जनशक्तिलाई आवेदन दिन आग्रह गरेको छ। इच्छुक उम्मेदवारले आगामी ३० नोभेम्बर २०२६ भित्र आवेदन पेस गर्न सक्नेछन्। प्रतिष्ठानले सहप्राध्यापक पदका लागि युरोलोजी, जीआई सर्जरी, पेडियाट्रिक क्रिटिकल केयर, प्रसूति तथा स्त्रीरोग (अन्कोलोजी तथा ल्याप्रोस्कोपिक सर्जरी), न्युरोलोजी, इन्टरनल मेडिसिन, ग्यास्ट्रोएन्टेरोलोजी, हेमाटोलोजी, इन्डोक्राइनोलोजी, प्यालिएटिभ केयर, जनरल प्राक्टिस एन्ड इमर्जेन्सी मेडिसिन, अर्थोपेडिक्स र अप्थाल्मोलोजी विधामा दरखास्त माग गरेको छ। त्यस्तै, उपप्राध्यापक पदका लागि कार्डियोलोजी, अर्थोपेडिक्स, पेडियाट्रिक अप्थाल्मोलोजी, साइकियाट्री, इन्टरनल मेडिसिन (जेरियाट्रिक), मेडिकल अन्कोलोजी, इएनटी तथा एडल्ट हेल्थ नर्सिङ विधामा आवेदन खुलाइएको छ। यी पदमा आवेदन दिन सम्बन्धित चिकित्सा विधामा एमएस, एमडी, एमसीएच, डीएम वा फेलोसिप हासिल गरेको हुनुपर्नेछ। साथै, चिकित्सक उम्मेदवार नेपाल मेडिकल काउन्सिल (एनएमसी) मा विशेषज्ञका रूपमा दर्ता भएको हुनुपर्ने प्रतिष्ठानले जनाएको छ । नर्सिङतर्फ उपप्राध्यापक पदका लागि भने एडल्ट हेल्थ वा मेडिकल सर्जिकल नर्सिङ विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ। साथै, उम्मेदवार नेपाल नर्सिङ काउन्सिल (एनएनसी) मा दर्ता भएको हुनुपर्नेछ। ललितपुरको लगनखेलस्थित प्रतिष्ठानले विभिन्न विशेषज्ञता भएका जनशक्तिलाई शैक्षिक तथा चिकित्सकीय सेवामा आबद्ध गराउने उद्देश्यले दरखास्त आह्वान गरेको हो।

News by पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २१ विधामा प्राध्यापक पदका लागि आवेदन खुला :