चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 47 of 1115
  • 2026-10-16
  • 12:29:17
  • शुक्रबार,आश्विन ३०, २०८३

About Author

फोहोरमैला व्यवस्थापनसम्बन्धी विधेयक संसदमा दर्ता गर्ने सरकारको तयारी

काठमाडौँ– सरकारले फोहोरमैला व्यवस्थापनसम्बन्धी विधेयक संघीय संसदमा दर्ता गर्ने तयारी गरेको छ। कानुनमन्त्री सोबिता गौतमले फोहोर व्यवस्थापनलाई उत्पादनदेखि अन्तिम व्यवस्थापनसम्मको सम्पूर्ण चक्रका रूपमा सम्बोधन गर्ने गरी विधेयक तयार गरिएको जानकारी दिएकी छन्। फोहोर उत्पादन न्यूनीकरण, स्रोतमै वर्गीकरण, सङ्कलन, स्थानान्तरण केन्द्रसम्म ढुवानी, प्रशोधन केन्द्रमा पुनःप्रयोग तथा पुनःप्रशोधन, फोहोरबाट मल, ग्यास वा ऊर्जा उत्पादन र बाँकी फोहोरको सुरक्षित अन्तिम विसर्जनसम्मका विषय विधेयकमा समेटिएको मन्त्री गौतमले बताएकी छन् । उनका अनुसार विधेयकमा शून्य फोहोर, चक्रीय अर्थतन्त्र र उत्पादकको विस्तारित जिम्मेवारीजस्ता आधुनिक अवधारणालाई समेत कानुनी व्यवस्थामा समेटिएको छ। ‘फोहोर उठाउनु मात्र समाधान होइन। फोहोर उत्पादनदेखि अन्तिम व्यवस्थापनसम्मको सम्पूर्ण चक्र व्यवस्थित गरिएको छ,’ मन्त्री गौतमले बुधबार फेसबुकमा लेखेकी छन्। प्रकृतिले नेपाललाई सुन्दर देश दिएको भए पनि सडक, नदी, बस्ती तथा सार्वजनिक स्थलमा बढ्दो फोहोरले प्राकृतिक सुन्दरता, वातावरण र जनस्वास्थ्यमा चुनौती थपिएको उनले उल्लेख गरेकी छन्। स्वच्छ, स्वस्थ र सुन्दर नेपाल निर्माणतर्फ विधेयकलाई महत्वपूर्ण कानुनी कदमका रूपमा अघि बढाउन लागिएको मन्त्री गौतमको भनाइ छ।

News by फोहोरमैला व्यवस्थापनसम्बन्धी विधेयक संसदमा दर्ता गर्ने सरकारको तयारी :