आज एकै दिन तीन वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची - Chaitanya News
  • 2026-11-06
  • 15:02:47
  • शुक्रबार,कार्तिक २१, २०८३
  • आज एकै दिन तीन वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

    आज एकै दिन तीन वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

    काठमाडौँ– आज (बुधबार) विभिन्न तीन वटा संसदीय समितिको बैठक बस्ने तय भएका छन् ।

    जसअनुसार, अर्थ समितिको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा समितिको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची रहेको छ। बिहान १० बजे बस्ने भएको छ ।

    यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ९ बजे बाट सृुरु भएको छ । बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ सम्बन्धमा छलफल हुँदैछ। मंगलबारको समितिको बैठक शिक्षामन्त्री अस्वस्थ भएपछि स्थगित भएको थियो । बैठकमा शिक्षामन्त्री, मन्त्रालयका सचिव लगायतलाई छलफलको लागि समितिले बोलाएको छ।

    यस्तैगरी, आज बिहान सवा ११ बजे बस्ने राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठकमा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिका पूर्व सभापतिसँग छलफल गर्ने कार्यसूची छ।