काठमाडौँ– आज (बुधबार) अपराह्न ४ बजे मन्त्रिपरिषद्को बैठक बस्दैछ । बैठक प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले बोलाएका हुन्।
बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने तय भएको छ।
बैठकमा सरकारका नियमित कार्यसूचीसँगै समसामयिक विषयमा छलफल तथा आवश्यक निर्णय हुने जनाइएको छ। साथै बैठकबाट केही प्राविधिक सचिवको सरुवासमेत हुन सक्ने स्रोतले जनाएको छ।