चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 17 of 1115
  • 2026-10-14
  • 19:29:23
  • बुधबार,आश्विन २८, २०८३

About Author

आजको मौुसमः यी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार हाल कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भू–भाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भू–भागमा पश्चिमी वायुको प्रभाव रहेको छ। कोशी, मधेश, बागमती प्रदेशको सबै भू–भाग र गण्डकी र लुम्बिनी प्रदेशको बाँकी भू–भागमा भने मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भू–भागमा साधरणतया बादल तथा बाँकी भू–भागमा आंशिक बादल लागे महाशाखाले जाएको छ। गण्डकी प्रदेशको थोरै तथा कोशी प्रदेशको एक(दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भू–भागमा साधरणतया बादल लाग्नेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागमामा आंशिक बादल लाग्नेछ। देशका तराई भू–भागमा आंशिक बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भू–भागको थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। आज राति देशका पहाडी र तराई भू–भागमा तथा कोशी र बागमती प्रदेशको हिमाली भू–भागमा साधरणतया बादल लाग्ने तथा बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ। तराई भू–भागमा बिहानीपख हुस्सु पनि लाग्नेछ।

News by आजको मौुसमः यी प्रदेशमा वर्षाको सम्भावना :