चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 880 of 1160
  • 2026-11-25
  • 16:43:37
  • बुधबार,मंसिर १०, २०८३

About Author

तनहुँ-१ अपडेट: स्वर्णिम वाग्ले निरन्तर अगाडी, ११ हजार मत कटाए

तनहुँ - प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत तनहुँ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले फराकिलो अग्रता बनाएका छन् । मतगणनाको पछिल्लो अपडेट अनुसार वाग्लेले ११ हजार ४२८ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका गोविन्द भट्टराईले ६ हजार ४६५ मत प्राप्त गरेका छन् । त्यस्तै तेस्रो स्थानमा रहेका एमाले उम्मेदवार सर्वेन्द्र खनालले ३ हजार ७४७ मत प्राप्त गरेका छन् । कुल ४२ वडा रेहको यस क्षेत्रमा १ लाख २३ हजार ३०५ मतदाता रहेकोमा आइतबार भएको उपनिर्वाचनमा ६३ हजार ७५७ मत खसेको थियो ।