तनहुँ-१ : रास्वपाका वाग्ले  भट्टराईभन्दा ५ हजार मतले अगाडि - Chaitanya News
  • 2026-07-04
  • 13:02:29
  • शनिबार,आषाढ २०, २०८३
  • तनहुँ-१ : रास्वपाका वाग्ले  भट्टराईभन्दा ५ हजार मतले अगाडि

    तनहुँ-१ : रास्वपाका वाग्ले  भट्टराईभन्दा ५ हजार मतले अगाडि

    काठमाडौं – तनहुँ-१ मा भएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेको अग्रता कायमै छ।

    ताजा मतपरिणामअनुसार १७ हजार ७७ मत गन्दा वाग्लेले ९ हजार ४८३ मत प्राप्त गरेका छन्।

    यसैगरी, नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ४ हजार ४७२ मत प्राप्त गरेका छन्।नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले २ हजार ५६० मत ल्याएका छन्।

    मुख्य निर्वाचन अधिकृतको कार्यालय अनुसार अहिलेसम्म त्यहाँ ११ वटा वडाको मतगणना भइसकेको छ।

    तनहुँ-१ मा आइतबार भएको उपनिर्वाचनमा ६३ हजार ७५७ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ।

    मतगणना जारी नै छ।