टस जित्दै कर्णालीले रोज्यो ब्याटिङ, चितवनको टोलीमा पाँच खेलाडी परिवर्तन - Chaitanya News
  • 2026-11-15
  • 12:44:58
  • आइतबार,कार्तिक ३०, २०८३
  • टस जित्दै कर्णालीले रोज्यो ब्याटिङ, चितवनको टोलीमा पाँच खेलाडी परिवर्तन

    टस जित्दै कर्णालीले रोज्यो ब्याटिङ, चितवनको टोलीमा पाँच खेलाडी परिवर्तन

    काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा कर्णाली याक्सले चितवन राइनोजविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको टसमा कर्णालीले बाजी मार्दै ब्याटिङ रोजेको हो।

    आजको खेलका लागि चितवनले आफ्नो प्लेइङ ११ मा ठूलो फेरबदल गरेको छ। टोलीले पाँच खेलाडी परिवर्तन गर्दै अर्जुन साउद, रन्जित कुमार, मौसम ढकाल, रवि बोपारा र डाविड मलानलाई बाहिर राखेको छ। उनीहरूको स्थानमा देव खनाल, अशोक धामी, सलाहुद्दिन खान, डान मोस्ली र उसामा मिरले अवसर पाएका छन्।

    यता कर्णालीले भने टोलीमा एक खेलाडी मात्रै परिवर्तन गरेको छ। दीपेन्द्र रावतको स्थानमा सचिन शर्मालाई प्लेइङ ११ मा समावेश गरिएको छ।

    अंक तालिकामा चितवन राइनोज चौथो स्थानमा रहँदै प्लेअफमा स्थान सुरक्षित गरिसकेको छ। सातौं स्थानमा रहेको कर्णालीका लागि भने आजको खेल महत्वपूर्ण हुनेछ।