छठ पर्वले जीवनका हरेक अवस्थालाई सम्मान गर्न सिकाउँछ : प्रधानमन्त्री शाह - Chaitanya News
  • 2026-11-16
  • 10:52:36
  • सोमबार,मंसिर ०१, २०८३
  • छठ पर्वले जीवनका हरेक अवस्थालाई सम्मान गर्न सिकाउँछ : प्रधानमन्त्री शाह

    छठ पर्वले जीवनका हरेक अवस्थालाई सम्मान गर्न सिकाउँछ : प्रधानमन्त्री शाह

    काठमाडौँ– प्रधानमन्त्री बालेन शाहले छठ पर्वले जीवनका हरेक अवस्थालाई समान रूपमा सम्मान गर्नुपर्ने महत्वपूर्ण सन्देश दिने बताएका छन्। उनले अस्ताउँदो र उदाउँदो दुवै सूर्यलाई समान श्रद्धाका साथ अर्घ्य दिने परम्परालाई जीवनको गहिरो दर्शनका रूपमा व्याख्या गरेका छन्।

    छठ पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले प्रकृतिप्रतिको कृतज्ञता र जीवनका हरेक परिस्थितिलाई सम्मान गर्ने प्रेरणा छठ पर्वले प्रदान गर्ने उल्लेख गरेका हुन्।

    उनले चार दिनसम्म विधिपूर्वक मनाइने छठ पर्वको धार्मिक तथा सांस्कृतिक महत्वमाथि प्रकाश पार्दै पहिलो दिन नहाय–खाय, दोस्रो दिन खरना, तेस्रो दिन साँझ अस्ताउँदो सूर्य र चौथो दिन बिहान उदाउँदो सूर्यलाई जलाशयको किनारमा अर्घ्य दिने परम्परा रहेको बताएका छन्।

    प्रधानमन्त्री शाहले सबै धर्म, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध रहेको पनि स्पष्ट पारेका छन्।

    छठ पर्वले सबैमा सकारात्मक ऊर्जा प्रदान गर्दै देशमा सुशासन, सामाजिक न्याय र समृद्धिको संकल्प पूरा गर्ने प्रेरणा मिलोस् भन्ने कामना गर्दै उनले भगवान् सूर्यदेव र छठी माताको कृपा सबैमाथि रहिरहोस् भनी शुभकामना व्यक्त गरेका छन्।