बारा र चितवनको मतगणना स्थलमा तारजाली लगाइयो - Chaitanya News
  • 2026-06-21
  • 21:48:31
  • आइतबार,आषाढ ०७, २०८३
  • बारा र चितवनको मतगणना स्थलमा तारजाली लगाइयो

    बारा र चितवनको मतगणना स्थलमा तारजाली लगाइयो

    काठमाडौँ – चितवन–२ र बारा–२ को मतगणना तार जाली भित्र गरिने भएको छ । मतदानको क्रममा विवाद भएपछि बारा–२ र चितवन–२ को मतगणना स्थलमा तार जाली भित्र गर्न लागिएको हो ।

    आन्तरिक सुरक्षाका कारण देखाउँदै दुवै निर्वाचन कार्यालयले दुवै क्षेत्रको मतगणना स्थलमा तार जाली लगाएको छ । बाराको मतगणना स्थलमा बाँसले घेरेर तार जाली लगाइएको छ भने चितवनमा फलामे घेराबन्दी गरिएको छ ।

    बारा–२ मा जनता समाजवादी पार्टी नेपालले धाँधली गर्न खोजेको आरोप जनमत पार्टीले लगाएको थियो भने चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीले आचारसंहिता उलङ्घन गरेको भन्दै नेपाली कांग्रेसले हिजो बस्ने भनिएको सर्वदलीय बैठक अस्वीकार गरेको थियो ।

    दुवै निर्वाचन क्षेत्रमा देखा परेको असामान्य स्थिति पछि मत गणनालाई सहज र व्यवस्थित बनाउन तार जाली लगाउनु परेको मुख्य निर्वाचन अधिकृतका कार्यालयले जनाएका छन् ।