काठमाडौं- शिक्षासेवी टंकप्रसाद जोशी सम्मानीत भएका छन्। उनलाई महुन्याल बहुमुखी क्याम्पस भजनीले सम्मान गरेको हो।
जोशीले आफ्ना स्वर्गीय पिता तोयनाथ जोशीको स्मृतिमा क्याम्पसमा सरस्वतीको मन्दिर निर्माण गरेका थिए। उनलाई क्याम्पसले दाताका रूपमा सम्मान गरेको हो।
जोशीले प्रत्येक वर्ष बुवाको स्मृतिमा रक्तदानलगायतका कार्यक्रम पनि गर्दै आएका छन्। उनले बुवाआमाले दिएको जीवनले नै आफू अहिलेको अवस्थामा पुगेको बताउँदै आगामी दिनमा पनि पिताको स्मरणमा विभिन्न कार्यक्रम गर्दै जाने बताएका छन्।