तनहुँ १ मा रास्वपाका वाग्ले प्रतिष्पर्धी भन्दा दोब्बर मतले अगाडि - Chaitanya News
  • 2026-06-21
  • 21:47:08
  • आइतबार,आषाढ ०७, २०८३
  • तनहुँ १ मा रास्वपाका वाग्ले प्रतिष्पर्धी भन्दा दोब्बर मतले अगाडि

    तनहुँ १ मा रास्वपाका वाग्ले प्रतिष्पर्धी भन्दा दोब्बर मतले अगाडि

    काठमाडौं –  प्रतिनिधि सभाका तीन वटा निर्वाचन क्षेत्रमा आइतबार उपनिर्वाचन भएकोमा तनहुँ १ मा मात्रै मतगणना भईरहेको छ ।

    तनहुँको १ को मत गणनाको पछिल्लो परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका डा. स्वर्णीम वाग्ले दोब्बर बढी मतले अगाडि रहनु भएको छ ।

    नौ हजार बढी मत गणना गर्दा वाग्लेले पाँच हजार १९ मत पाउनु भएको छ । निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले दुई हजार ३ सय ५१ मत पाउनु भएको छ ।

    यस्तै नेकपा (एमाले) का उमेदवार सर्वेन्द्र खनालले एक हजार ५ सय ४९ मत प्राप्त गर्नुभएको छ ।

    सो क्षेत्रमा ५३ हजार बढी मत खसेको छ । चितवन र बारामा भने अझै मत गणना सुरु हुन सकेको छैन ।