सन्दीपको मुद्दाको फैसला आज हुँदै - Chaitanya News
  • 2026-06-21
  • 21:47:39
  • आइतबार,आषाढ ०७, २०८३
  • सन्दीपको मुद्दाको फैसला आज हुँदै

    सन्दीपको मुद्दाको फैसला आज हुँदै

    काठमाडौं –  क्रिकेटर सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दामा सोमबार अन्तिम सुनुवाइ हुने भएको छ ।

    जिल्ला अदालत काठमाडौंमा विचाराधीन मुद्दामा अन्तिम सुनुवाइ गर्न सोमबार पेशी तोकिएको हो ।

    उजुरी दिने किशोरीको मेडिकल जाँच गर्ने चिकित्सक र क्रिकेटर साहब आलमको बकपत्र सकिएकोले यसै मुद्दामा सोमबार नै अन्तिम सुनुवाइ गरिने भएको हो ।

    यसअघि चैत २६ गते जिल्ला अदालत काठमाडौंका न्यायाधीश शंकरराज बरालको इजलासले किशोरीको मेडिकल गर्ने डाक्टर र क्रिकेटर साहब आलमको बकपत्र गराउन आदेश दिएको थियो ।

    गत भदौ २१ गते एक किशोरीले सन्दीपबिरुद्ध बलात्कारको आरोपमा गौशाला प्रहरी वृत्तमा जाहेरी दिएपछि सन्दीप थुनामा परेका थिए । पाटन उच्च अदालतले लामिछानेलाई धरौटीमा रिहा गरेको थियो ।