तनहुँ – प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत तनहुँ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले फराकिलो अग्रता बनाएका छन् ।
मतगणनाको पछिल्लो अपडेट अनुसार वाग्लेले ११ हजार ४२८ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका गोविन्द भट्टराईले ६ हजार ४६५ मत प्राप्त गरेका छन् ।
त्यस्तै तेस्रो स्थानमा रहेका एमाले उम्मेदवार सर्वेन्द्र खनालले ३ हजार ७४७ मत प्राप्त गरेका छन् ।
कुल ४२ वडा रेहको यस क्षेत्रमा १ लाख २३ हजार ३०५ मतदाता रहेकोमा आइतबार भएको उपनिर्वाचनमा ६३ हजार ७५७ मत खसेको थियो ।