चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 845 of 1162
  • 2026-11-26
  • 16:38:20
  • बिहिबार,मंसिर ११, २०८३

About Author

बंगलादेशले नेपालबाट ४० मेगावाट बिजुली किन्ने

काठमाडौँ – बंगलादेशले नेपालबाट ४० मेगावाट बिजुली किन्ने भएको छ ।दुई देशबीच भएको सचिवस्तरिय बैठकमा नेपालमा उत्पादित ४० मेगावाट बिजुली बंगलादेशले खरिद गर्ने सहमति भएको हो । नेपालको बिजुली भारतीय प्रसारण लाइन हुँदै लैजानुपर्ने भएकाले उसलाई मनाउन त्रिपक्षीय बैठक बोलाउने सहमति पनि नेपाल र बंगलादेशबीच भएको छ । नेपालबाट भारत हुँदै बंगलादेश विद्युत निर्यात गरी आउँदो सिजनदेखि पावर ट्रेडिङ सुरु गरिने छ । दुई देशबीच विद्युत व्यापारका लागि डेडिकेटेड प्रसारण लाइन निर्माण गर्ने विषयमा पनि छलफल भएको छ । ४० मेगावाट बिजुली परीक्षण स्वरुप लैजाने सहमति गत वर्ष भदौ मै नेपाल र बंगलादेश बीच भएको थियो ।  

News by बंगलादेशले नेपालबाट ४० मेगावाट बिजुली किन्ने :