काठमाडौं- कर्मचारी सञ्चय कोषले कर्मचारी नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ। कर्मचारी सञ्चय कोष पुल्चोक ललितपुर शाखाले कर्मचारी माग गरेको हो।
कोषमा रिक्त रहेका पदहरूमा खुला प्रतिस्पर्धात्मक प्रतियोगिताबाट पदपूर्ति गरिने भएकाले आवेदन माग गरिएको छ।
कोषले आठौँदेखि पाँचौँ तहसम्म रिक्त पदका लागि दरखास्त आह्वान गरेको छ। योग्य नेपाली नागरिकले आजदेखि अनलाइन दरखास्त दिन सक्नेछन्।
