जापानमा बस दुर्घटना :  २ नेपाली विद्यार्थीको मृत्यु - Chaitanya News
  • 2026-11-16
  • 02:05:33
  • आइतबार,कार्तिक ३०, २०८३
  • जापानमा बस दुर्घटना :  २ नेपाली विद्यार्थीको मृत्यु

    जापानमा बस दुर्घटना :  २ नेपाली विद्यार्थीको मृत्यु

    काठमाडौँ – जापानमा मंगलबार साँझ भएको बस दुर्घटनामा परी दुई नेपाली विद्यार्थीको मृत्यु भएको छ।

    जापानको सेन्दाईस्थित सहरमा बस दुर्घटना हुँदा काभ्रेका नवराज तामाङ र युवराज थापाको मृत्यु भएको हो ।

    थापा सेन्मोन गाक्कोउ तथा तामाङ निहोनगो गाक्कोउमा अध्ययनरत रहेको जापानी सञ्चारमाध्यमले जनाएका छन् ।

    सेन्दाईबाट इवातेका लागि हिँडेको बसमा खराबी देखिए पछि मियागी प्रान्तको तोहोकु एक्सप्रेस वेमा जाँचका लागि रोकिएको थियो । पछाडिबाट ट्रकले ठक्कर दिँदा सो दुर्घटना हुन पुगेको थियो।

    बसमा चालक दलका सदस्य सहित ४० जना थिए। जसमा दुई नेपालीसहित तीन जनाले ज्यान गुमाएका छन् ।