बंगलादेशले नेपालबाट ४० मेगावाट बिजुली किन्ने - Chaitanya News
  • 2026-11-16
  • 02:05:31
  • आइतबार,कार्तिक ३०, २०८३
  • बंगलादेशले नेपालबाट ४० मेगावाट बिजुली किन्ने

    बंगलादेशले नेपालबाट ४० मेगावाट बिजुली किन्ने

    काठमाडौँ – बंगलादेशले नेपालबाट ४० मेगावाट बिजुली किन्ने भएको छ ।दुई देशबीच भएको सचिवस्तरिय बैठकमा नेपालमा उत्पादित ४० मेगावाट बिजुली बंगलादेशले खरिद गर्ने सहमति भएको हो ।

    नेपालको बिजुली भारतीय प्रसारण लाइन हुँदै लैजानुपर्ने भएकाले उसलाई मनाउन त्रिपक्षीय बैठक बोलाउने सहमति पनि नेपाल र बंगलादेशबीच भएको छ । नेपालबाट भारत हुँदै बंगलादेश विद्युत निर्यात गरी आउँदो सिजनदेखि पावर ट्रेडिङ सुरु गरिने छ ।

    दुई देशबीच विद्युत व्यापारका लागि डेडिकेटेड प्रसारण लाइन निर्माण गर्ने विषयमा पनि छलफल भएको छ । ४० मेगावाट बिजुली परीक्षण स्वरुप लैजाने सहमति गत वर्ष भदौ मै नेपाल र बंगलादेश बीच भएको थियो ।