रेशम चौधरी नछुट्ने, जन्मकैदको फैसला सर्वोच्चद्वारा सदर - Chaitanya News
  • 2026-11-16
  • 01:47:20
  • आइतबार,कार्तिक ३०, २०८३
  • रेशम चौधरी नछुट्ने, जन्मकैदको फैसला सर्वोच्चद्वारा सदर

    रेशम चौधरी नछुट्ने, जन्मकैदको फैसला सर्वोच्चद्वारा सदर

    काठमाडौं- रेशम चौधरीलाई टीकापुर हत्याकाण्डमा दोषी ठहर गर्दै जेल पठाउने उच्च अदालत दीपायलको फैसला सर्वोच्च अदालतले सदर गरेको छ।

    न्यायाधीश आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले मंगलबार चौधरीलाई जेलमै राख्ने फैसला सदर गरेको हो।

    अभियोग दाबीबाट सफाइ पाउँ भनी प्रतिवादीहरूले दिएको पुनरावेदन जिकिर पुग्ने दाबीसहित उनको जन्मकैदको फैसला सदर भएको हो।