चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 305 of 1158
  • 2026-11-24
  • 15:43:39
  • मंगलबार,मंसिर ०९, २०८३

About Author

संघीय निजामती सेवा ऐनबारे प्रशासन महाशाखा प्रमुखहरूको सहभागितामा छलफल सुरु

काठमाडौँ– संघीय निजामती सेवा ऐनसम्बन्धी विषयमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा विभिन्न मन्त्रालयका प्रशासन महाशाखा प्रमुखसहितका कर्मचारीहरूको सहभागितामा छलफल सुरु भएको छ। मन्त्रालयमा आयोजित उक्त बैठकमा ऐनसँग सम्बन्धित विषयवस्तु, कार्यान्वयनका आयाम तथा प्रशासनिक संरचनासम्बन्धी पक्षहरूमा केन्द्रित रहेर छलफल भएको जनाइएको छ। विभिन्न मन्त्रालयका प्रशासन महाशाखा प्रमुखहरूले आ–आफ्ना अनुभव, सुझाव र सरोकारका विषयहरू राखिरहेका छन्। छलफलमा संघीय निजामती सेवा ऐनको तयारी, कार्यान्वयन प्रक्रियामा देखिएका चुनौती तथा सुधारका सम्भावनाबारे पनि धारणा आदानप्रदान भएको सहभागीहरूले बताएका छन्। मन्त्रालयका अनुसार यस्ता छलफलमार्फत ऐनलाई व्यवहारिक र कार्यान्वयनयोग्य बनाउने उद्देश्य राखिएको छ। साथै, विभिन्न मन्त्रालयबीच समन्वय सुदृढ गर्दै प्रशासनिक कामकाजलाई प्रभावकारी बनाउनेतर्फ समेत जोड दिइएको छ।

News by संघीय निजामती सेवा ऐनबारे प्रशासन महाशाखा प्रमुखहरूको सहभागितामा छलफल सुरु :