काठमाडौँ– कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको आठौँ अधिवेशन आह्वानका सिफारिस गरिएको छ।
कर्णाली प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको आठौँ अधिवेशन आह्वानका लागि कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशी समक्ष सिफारिस गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाहले जानकारी दिए।
उहाँका अनुसार प्रदेशसभाको दोस्रो कार्यकालको आठौँ अधिवेशनको पहिलो बैठक यही वैशाख २८ गते बुधबार दिउँसो ३ः०० बजे बस्ने गरी आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गरिएको हो। यसअघि गत चैत १५ कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको सातौँ अधिवेशन अन्त्य भएको थियो।