काठमाडौँ– औषधि व्यवस्थापक पदको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ।
आज (मंगलबार) लोक सेवा आयोगको काठमाडौँ केन्द्रिय कार्यालयले एक सूचनामार्फत औषधि व्यवस्थापक पदको नतिजा सार्वजनिक गरेको जानकारी दिएको हो।
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नम्बर १७२४०–०८२–८३ (आ.प्र.),स्वास्थ्य सेवा, फार्मेसी समूह, औषधि व्यवस्थापक पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरिएको छ।
![]()
यसैगरी, लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नम्बर १७२३९/०८२–८३ (आ.प्र.),स्वास्थ्य सेवा, हेल्थ इन्सपेक्सन समूह, जनस्वास्थ्य प्रशासक पदको पनि लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको आयोगले जनाएको छ ।
![]()
यस्तै, लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नम्बर १७२३८/०८२–८३ (खुला), स्वास्थ्य सेवा, मे.ल्या.टे. समूह, ज.मे.ल्या.टे. उपसमूह, उपप्रमुख मेडिकल ल्याब टेक्नोलोजिष्ट पदको पनि लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ ।
![]()
यसैगरी, लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नम्बर १७२३७/०८२-८३ (खुला), स्वास्थ्य सेवा, जनरल नर्सिङ समूह, अस्पताल नर्सिङ प्रशासक पदको पनि लिखित परीक्षाको नतिजा सार्वजनिक गरिएको छ ।
![]()