कांग्रेस बैठकमा केन्द्रीय सदस्यलाई पाँच मिनेटको समय, ६ एजेन्डामा छलफल हुँदै - Chaitanya News
  • 2026-11-24
  • 15:46:10
  • मंगलबार,मंसिर ०९, २०८३
  • कांग्रेस बैठकमा केन्द्रीय सदस्यलाई पाँच मिनेटको समय, ६ एजेन्डामा छलफल हुँदै

    कांग्रेस बैठकमा केन्द्रीय सदस्यलाई पाँच मिनेटको समय, ६ एजेन्डामा छलफल हुँदै

    काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्न प्रत्येक केन्द्रीय सदस्यलाई पाँच मिनेटको समय निर्धारण गरिएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको बैठकमा विभिन्न ६ वटा एजेन्डामाथि छलफल भइरहेको छ।

    बैठकमा संगठनको आगामी कार्यभार र ‘हामी तयार छौँ’ अभियानलाई मुख्य प्राथमिकतामा राखिएको छ। त्यस्तै, भोटेकोशी र बूढीगण्डकी क्षेत्रमा विपद्पछिको पुनःस्थापना तथा पुनर्निर्माण, विस्थापित सुकुमवासीको व्यवस्थापन र नागरिकका सरोकारका विषयमा पनि छलफल हुने कांग्रेसले जनाएको छ।

    यसैगरी सरकारका पछिल्ला गतिविधि, आगामी स्थानीय निर्वाचनको तयारीबारे प्रारम्भिक छलफल तथा विविध विषय बैठकका अन्य एजेन्डा रहेका छन्।

    पार्टीले बैठकलाई व्यवस्थित बनाउन केन्द्रीय सदस्यहरूका लागि बोल्ने समय पाँच मिनेटमा सीमित गरेको हो। बैठकमा प्रस्तुत एजेन्डामाथि केन्द्रीय सदस्यहरूले आ–आफ्नो धारणा राख्नेछन्।