यो वर्षको आर्थिक वृद्धि ३ दशमलव ८५ प्रतिशत बराबरको हुने अनुमान, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने - Chaitanya News
  • 2026-04-28
  • 13:41:47
  • मंगलबार,बैशाख १५, २०८३
  • यो वर्षको आर्थिक वृद्धि ३ दशमलव ८५ प्रतिशत बराबरको हुने अनुमान, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने

    यो वर्षको आर्थिक वृद्धि ३ दशमलव ८५ प्रतिशत बराबरको हुने अनुमान, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने

    काठमाडौँ– यो वर्ष ३ दशमलव ८५ प्रतिशत बराबरको आर्थिक वृद्धि हुने अनुमान गरिएको छ। वार्षिक राष्ट्रिय लेखा अनुमान सार्वजनिक गर्दै राष्ट्रिय तथ्याङ्क कार्यालयले उक्त जानकारी दिएको हो।

    नेपालको अर्थतन्त्रको आकार भने ६६ खर्ब पुग्ने अनुमान छ। अघिल्लो आर्थिक वर्षमा अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब रहेको थियो।

    कुन क्षेत्रमा कति आर्थिक वृद्धि?
    १. विद्युत र ग्यास: २०.९३%
    २. वित्तीय तथा विमासम्बन्धी सेवा: ९.१६%
    ३. थोक तथा खुद्रा व्यापार: ८.२१%
    ४. आवास तथा भोजन सेवा (होटल/रेस्टुरेन्ट): ७.१२%
    ५. यातायात तथा भण्डारण: ५.७९%
    ६. सूचना तथा सञ्चार: ५.५३%
    ७. प्रशासनिक तथा सहयोगी सेवा: ४.५२%
    ८. मानव स्वास्थ्य तथा सामाजिक कार्य: ४.०४%
    ९. खानी तथा उत्खनन: ३.५२%
    १०. पेशागत वैज्ञानिक तथा प्राविधिक क्रियाकलाप: ३.२७%
    ११. उद्योग : २.८३%
    १२. घर जग्गा कारोबार सेवा: २.६९%
    १३. अन्य सेवासम्बन्धी क्रियाकलाप: २.६५%
    १४. निर्माण: २.३१%
    १५. पानी आपूर्ति, ढल, फोहोर व्यवस्थापन: १.९९%
    १६. शिक्षा: १.५०%
    १७. कृषि, वन तथा मत्स्य: १.२८%
    १८. सार्वजनिक प्रशासन तथा रक्षा: ०.२३%