काठमाडौँ– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले नेताहरूको कार्यविभाजन टुंग्याउनेगरी आज निर्णय हुने भएको छ। सोमबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय संयोजन समिति बैठक कार्यविभाजनलाई लिएर विवाद भएपछि थप गृहकार्य गरेर बैठकमा पेस गर्नेगरी स्थगित भएको थियो।
पूर्वप्रधानमन्त्री तथा वरिष्ठ नेता झलनाथ खानालले विदेश विभाग, अर्का वरिष्ठ नेता वामदेव गौतमले सङ्गठन विभाग प्रमुख दाबी गरेका थिए। तर विदेश विभाग प्रमुख वरिष्ठ नेता प्रमेश हमाल र सङ्गठन विभाग प्रमुख नेता वर्षमान पुनले पाएपछि विवाद देखिएको थियो। बैठकले एकता महाधिवेशन मंसिर ११–१५ मा गर्नेगरी कार्यतालिका अनुमोदन गरेको थियो।
यस्तै संयोजक पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको चुनावी समीक्षा प्रतिवेदन पुनर्लेखन गर्ने निर्णय सहित अनुमोदन भएको थियो। यसैगरी संविधान संशोधनका लागि ११ सदस्यीय कार्यदल गठन गरेको नेता प्रकाश ज्वालाले जानकारी दिएका थिए। यद्यपि उनले बैठकमा विवाद केही नभएको जिकिर गरेका छन्।
‘कार्यविभाजनलाई लिएर बैठकमा विवाद भएको होइन। जिम्मेवारी दिने विषयमा संयोजक र सहसंयोजकले थप गृहकार्य गरेर बैठकमा पेस गर्ने भनिएपछि हिजोको बैठक स्थगित भएको हो’, रातोपाटीसँग उनले भने।
ज्वालाका अनुसार अहिले बैठक केन्द्रीय कार्यालयमा सुरु हुन लागेको छ। तर अर्का एक नेताका अनुसार नेताहरूको जिम्मेवारी तोक्ने विषयमा मापदण्ड फरक फरक भएकाले थप छलफल गर्न बैठक स्थगित भएको बताए।
‘संयोजन समितिका नेताहरूलाई प्रदेशको इन्चार्ज नतोक्ने भनिएको थियो। तर धेरै जसो संयोजन समितिकै सदस्यहरू इन्चार्ज, सहइन्चार्ज भएका छन्। त्यसले गर्दा केही फरक मत आएका छन्। त्यसलाई संयोजक र सहसंयोजकले थप गृहकार्य गरेर पेस गर्छौं भन्नुभएको छ। आज निर्णय हुन्छ’, ती नेताले भने।
ती नेताका अनुसार सात प्रदेशको इन्चार्जको टुंगो लागिए पनि अन्य विषयमा निर्णय हुन बाँकी रहेको छ।
यस्तो नेताहरूको जिम्मेवारी :
प्रचण्ड : संयोजक, सम्पूर्ण पार्टीको कामको संयोजन
माधवकुमार नेपाल : सहसंयोजक, सम्पूर्ण पार्टीको कामको संयोजन
झलनाथ खनाल : प्रमुख नीति अनुसन्धान प्रतिष्ठान
वामदेव गौतम : प्रमुख उत्पादन तथा रोजगारी विभाग
नारायणकाजी श्रेष्ठ : प्रमुख अनुगमन तथा मूल्यांकन विभाग
अग्नि सापकोटा : प्रमुख स्थानीय तह
कृष्णबहादुर महरा : प्रमुख राष्ट्रिय सुरक्षा
गंगानारायण श्रेष्ठ : प्रमुख सास्कृतिक
डा.गंगालाल तुलाधार : इञ्चार्ज बागमती
गिरिराजमणि पोखरेल : प्रमुख शिक्षा विभाग
गोपाल किराती : उपप्रमुख निति अनुसन्धान प्रतिष्ठान
चक्रपाणि खनाल : इञ्चार्ज लुम्बिनी प्रदेश
चेतबहादुर पुन : प्रमुख सास्कृति मोर्चा फ्याक्सन
जगन्नाथ खतिवडा : प्रमुख बुद्धिजीवी फाट
जयन्ती राई : प्रमुख संघीय संसदीय फाट
डिलाराम आचार्य : जिम्मेवारी तोक्न बाँकी
दिनानाथ शर्मा : प्रमुख प्राध्यापक फाट
देवेन्द्र पौडेल : प्रमुख स्वास्थ्य विभाग
देव गुरुङ : प्रमुख कानुन विभाग
नन्दबहादुर पुन : प्रमुख सुरक्षाकर्मी सङ्गठन फाट
पम्झा भुसाल : प्रवास संयोजक
प्रकाश ज्वाला : पार्टी प्रवक्ता तथा प्रेस सङ्गठन प्रमुख
प्रमेश हमाल : प्रमुख विदेश विभाग
प्रेमबहादुर सिंह : प्रमुख संसदीय मामिला
वर्षमान पुन : सङ्गठन विभाग प्रमुख
डा. वेदुराम भुसाल : पार्टी स्कुल विभाग प्रमुख
भानुभक्त जोशी : सहइञ्चार्ज सुदूरपश्चिम
भीम रावल : इञ्चार्ज सुदूरपश्चिम
मदनकुमार शाह गरिमा : प्रमुख श्रम रोजगार विभाग
महेन्द्र राय यादव : इञ्चार्ज मधेस प्रदेश
मातृका यादव : सहइञ्चार्ज मधेस प्रदेश
मेटमणि चौधरी : सहइञ्चार्ज लुम्बिनी प्रदेश
रञ्जिता श्रेष्ठ : सहइञ्चार्ज सुदूरपश्चिम
राजेन्द्र राई : इञ्चार्ज कोशी प्रदेश
राजेन्द्र पाण्डे : प्रमुख जगवर्गीय मोर्चा
रामकुमार भट्टराई : सहइञ्चार्ज मधेस प्रदेश
रामचन्द्र झा : प्रमुख प्रादेशिक मामिला विभाग
लिलामणि पोखरेल : ऊर्जा तथा जलस्रोत विभाग प्रमुख
राजेन्द्र श्रेष्ठ : प्रमुख संघीय मामिला
शक्ति बस्नेत : प्रमुख अर्थ योजना
श्रीराम ढकाल : प्रमुख पश्चिम महादेश अनुगमन
सुनिल मानन्धर : प्रमुख कृषि विभाग
सुवासराज काफ्ले : प्रमुख उद्योग व्यवसाय विभाग
हितमान शाक्य : सहइञ्चार्ज, उपत्यका विशेष प्रदेश
हितबहादुर तामाङ : प्रमुख उपभोक्ता आपूर्ति विभाग