चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 392 of 1153
  • 2026-11-22
  • 15:48:55
  • आइतबार,मंसिर ०७, २०८३

About Author

सोबिताले चितवनबाट गरिन् मतदान, मतदान गरेपछि भनिन् निर्वाचन निष्पक्ष होस्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ सोबिता गौतमले चितवनबाट मतदान गरेकी छन् । चितवन क्षेत्र नं. ३ स्थित राष्ट्रिय आधारभूत विद्यालय भरतपुर(१५ मंगलपुर पुगेर उनले मतदान गरेकी हुन् । मतदानपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले भनिन्, ‘आजको निर्वाचन एकदम निष्पक्ष होस् । शान्तिपूर्ण ढंगले देशव्यापी रूपमा निर्वाचन सम्पन्न होस् । मेरो सबैलाई शुभकामना छ ।’ उनले अगाडि भनिन्, ‘मैले भोट हालें । सबैले हाल्नुहोस् ।’ चितवन क्षेत्र नम्बर ३ बाट गौतमसँग नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की रेनु दाहाल पनि चुनावी मैदानमा छिन् । जसका कारण यो क्षेत्रलाई निकै चासोका साथ हेरिएको छ ।

News by सोबिताले चितवनबाट गरिन् मतदान, मतदान गरेपछि भनिन् निर्वाचन निष्पक्ष होस् :