सोबिताले चितवनबाट गरिन् मतदान, मतदान गरेपछि भनिन् निर्वाचन निष्पक्ष होस् - Chaitanya News
  • 2026-06-20
  • 05:16:23
  • शुक्रबार,आषाढ ०५, २०८३
  • सोबिताले चितवनबाट गरिन् मतदान, मतदान गरेपछि भनिन् निर्वाचन निष्पक्ष होस्

    सोबिताले चितवनबाट गरिन् मतदान, मतदान गरेपछि भनिन् निर्वाचन निष्पक्ष होस्

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ सोबिता गौतमले चितवनबाट मतदान गरेकी छन् ।

    चितवन क्षेत्र नं. ३ स्थित राष्ट्रिय आधारभूत विद्यालय भरतपुर(१५ मंगलपुर पुगेर उनले मतदान गरेकी हुन् ।

    मतदानपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले भनिन्, ‘आजको निर्वाचन एकदम निष्पक्ष होस् । शान्तिपूर्ण ढंगले देशव्यापी रूपमा निर्वाचन सम्पन्न होस् । मेरो सबैलाई शुभकामना छ ।’

    उनले अगाडि भनिन्, ‘मैले भोट हालें । सबैले हाल्नुहोस् ।’

    चितवन क्षेत्र नम्बर ३ बाट गौतमसँग नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की रेनु दाहाल पनि चुनावी मैदानमा छिन् । जसका कारण यो क्षेत्रलाई निकै चासोका साथ हेरिएको छ ।