काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज भइरहेको एलिमिनेटर खेलमा चितवन राइनोजले पहिले ब्याटिङ गर्ने भएको छ ।
काठमाडौं गोर्खाजविरुद्धको खेलमा चितवनले टस जित्दै ब्याटिङ रोजेको हो । टस आफ्नो पक्षमा पारेसँगै चितवनले काठमाडौंलाई पहिले बलिङमा उतारेको छ ।
आजको खेलमा चितवन राइनोजको कप्तानी रवि बोपाराले गरिरहेका छन् भने काठमाडौं गोर्खाजको नेतृत्व नियमित कप्तान करण केसीले नै सम्हालिरहेका छन् ।
एलिमिनेटर खेल दुवै टोलीका लागि महत्वपूर्ण रहेकाले जित निकाल्दै अघि बढ्ने लक्ष्यका साथ मैदान उत्रिएका छन् ।