चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1004 of 1152
  • 2026-11-21
  • 20:41:20
  • शनिबार,मंसिर ०६, २०८३

About Author

सात सचिवको सरुवा, को कहाँ?

काठमाडौं- सरकारले सात जना सचिवको सरुवा गरेको छ। मन्त्रिपरिषद् बैठकले अर्थ, वाणिज्य, अक्तियार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायत निकायहरूका सचिवको सरुवा गरेको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव (वाणिज्य) तोयम रायालाई अर्थ सचिवमा ल्याइएको छ भने अर्थ सचिव कृष्णहरि पुष्करलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ। वाणिज्य सचिवमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव मधु मरासैनीको सरुवा गरिएको बताइएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानुन सचिव धनराज ज्ञवालीलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र कानुन सचिव उदयराज सापकोटालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ल्याइएको छ। अक्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव डा. राम प्रसाद घिमिरेलाई राजश्व सचिव र राजश्व सचिव रामेश्वर दंगाललाई अक्तियारमा सरुवा गरिएको बताइएको छ। पूर्वअर्थमन्त्री जनार्दन शर्माका कारण विग्रिएको अर्थतन्त्रलाई सुधार गर्नका लागि भन्दै अर्थ र राजश्वको सचिव परिवर्तन भएसँगै अब अर्थका सहसचिवको पनि हेरफेर गरिने स्रोतले जनाएको छ। अहिले अर्थको प्रशासन महाशाखा प्रमुखको जिम्मेवारीमा केदारनाथ शर्मा, बजेट तथा कार्यक्रम हेर्ने रितेश शाक्य, सुमन दाहाल, रमेश कुमार केसी, ईश्वरी प्रसाद अर्याल, अर्जुन कुमार खड्का, आनन्द काफ्ले, भुपाल बराललगायतका सहसचिव मन्त्रालयमा कार्यरत छन्। यस्तै केहीअघि मात्र भन्सार विभागका हाकिमका रूपमा चक्र बहादुर बुढा, राजश्व अनुसन्धान विभागका दीर्घ मैनाली कार्यरत छन्। नयाँ सरकार गठन भएसँगै कर्मचारीहरूको व्यापक सरुवा थालिएको छ।