सन्दीपको पुनरावेदन पेसी आज - Chaitanya News
  • 2026-06-17
  • 14:21:57
  • बुधबार,आषाढ ०३, २०८३
  • सन्दीपको पुनरावेदन पेसी आज

    सन्दीपको पुनरावेदन पेसी आज

    काठमाडौं – बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा रहेर मुद्दा लडिरहेका नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान सन्दीप लामिछानेको पुनरावेदनको पेसी आज (बिहीबार) सुनुवाई हुँदैछ।

    गत बिहीबार हुने भनिएको सुनवाई हेर्न नभ्याइनेमा राखिएको थियो। उच्च अदालत पाटनका न्यायाधीशद्वय सुभाष पौडेल र किरणकुमार पोखरेलको इजलासमा परेको उक्त मुद्दा हेर्न नभ्याइनेमा राखिएको हो।

    उनीमाथि १७ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोप छ। उनलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएपछि उनका वकिलहरूले उच्च अदालत पाटनमा पुनरावेदनको मुद्दा हालेका थिए।

    काठमाडौं जिल्ला अदालतले पीडित किशोरीको उमेरसम्बन्धी अभिलेख अस्पतालबाट झिकाउन समेत आदेश दिइसकेको छ।