अर्थ सचिवमा तोयम राया, राजस्वमा रामप्रसाद घिमिरे - Chaitanya News
  • 2026-11-20
  • 12:06:37
  • शुक्रबार,मंसिर ०५, २०८३
  • अर्थ सचिवमा तोयम राया, राजस्वमा रामप्रसाद घिमिरे

    अर्थ सचिवमा तोयम राया, राजस्वमा रामप्रसाद घिमिरे

    काठमाडौँ – सरकारले अर्थ सचिवमा तोयम रायालाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रायालाई अर्थसचिवमा नियुक्त गरेको हो ।

    बैठकले राजस्व सचिवमा भने डा. रामप्रसाद घिमिरेलाई नियुक्त गरेको छ । भिमिरे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत थिए ।

    यसअघि अर्थसचिवमा कृष्णहरि पुष्कर र राजस्व सचिवमा रामेश्वर दंगाल कार्यरत थिए । पुष्करलाई यसअघिका अर्थमन्त्री जनार्दन शर्माले अर्थमन्त्रालयमा ल्याएका थिए ।

    तर, उनी अर्थको क्याडर नभएको भन्दै वर्तमान मन्त्री विष्णु पौडेलले अर्थकै क्याडरलाई अर्थसचिवमा ल्याएर संकटमा रहेको अर्थतन्त्र सुधार गर्ने प्रयत्न थालेको बुझिएको छ ।