निमावि तहका लागि कोटाभन्दा ६४७ कम शिक्षक सिफारिस - Chaitanya News
  • 2026-04-26
  • 13:27:15
  • आइतबार,बैशाख १३, २०८३
  • निमावि तहका लागि कोटाभन्दा ६४७ कम शिक्षक सिफारिस

    निमावि तहका लागि कोटाभन्दा ६४७ कम शिक्षक सिफारिस

    काठमाडौँ –  शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह (निमावि) को शिक्षक पदमा १ हजार ९५९ जना शिक्षक सिफारिस गरेको छ ।

    आयोगले २ हजार ६०६ रिक्त पदमा शिक्षक माग गर्दै विज्ञापन आह्वान गरेको थियो । तर, आयोगले माग गरेको भन्दा ६४७ कम शिक्षक सिफारिस भएका छन् ।

    विशेष गरी गणित विज्ञान, गणित, विज्ञान लगायतका विषयमा कोटाभन्दा कम शिक्षक सिफारिस भएका छन् । निमावि तहका लागि शिक्षक सिफारिस भएसँगै आयोगले अब प्राथमिक तह (प्रावि) को नतिजा सार्वजनिक गर्नेछ । सिफारिस भएका शिक्षकहरूलाई नियुक्ति पत्र लिएर आ–आफ्नो क्षेत्रमा खटाउन थालिएको छ ।

    यसअघि मावि तहको नतिजा प्रकाशित गरेको थियो । मावि तहमा समेत कोटाभन्दा कम सिफारिस भएका थिए । आयोगले यो महिनाको अन्तिमतिरबाट प्रावि तहको नतिजा प्रकाशन गर्नेछ ।