चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 243 of 1153
  • 2026-11-22
  • 13:37:35
  • आइतबार,मंसिर ०७, २०८३

About Author

अर्थमन्त्री वाग्लेले भने: ‘वित्तीय अपराधमा संलग्न समूहबाट पालित पोसितबाट प्रधानमन्त्री र म माथि आक्रमण भइरहेको छ’

काठमाडौँ– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाली इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूहबाट पालित पोसितबाट प्रधानमन्त्री र आफु माथि आक्रमण भइरहेको बताएका छन्। आज (बुधबार) प्रतिनिधि सभाको अर्थ समितिमा आयोजित बजेट सम्बन्धी छलफलमा बोल्दै उनले यस्तो बताएका हुन्। ‘प्रधानमन्त्रीज्यू र म माथि नियोजित रूपमा घेरा बन्दी र आक्रमण भइरहेको छ,’ अर्थमन्त्री वाग्लेले भने, ‘नेपाली इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्नहरूमाथि सरकारले छानबिन गरिरहेको छ। केही दिनमा यो विषय अदालत पुग्दै छ। हामीसँग रुष्ट तिनै समूहबाट पालित पोसितबाट प्रधानमन्त्री र म माथि आक्रमण भइरहेको मलाई शंका लागेको छ।’ सार्वभौम सांसदका माननीज्यूहरु पनि यस्तो समूहका कुराहरूबाट प्रभावित नहुन उनले आग्रह गरे। संसदको गरिमा लहलहैमा लागेर कमजोर पार्न नहुने पनि उनले बताए।

News by अर्थमन्त्री वाग्लेले भने: ‘वित्तीय अपराधमा संलग्न समूहबाट पालित पोसितबाट प्रधानमन्त्री र म माथि आक्रमण भइरहेको छ’ :