प्रतिनिधि सभा बैठक बस्दै,के छ कार्यसूची ? - Chaitanya News
  • 2026-06-10
  • 10:47:36
  • बुधबार,जेठ २७, २०८३
  • प्रतिनिधि सभा बैठक बस्दै,के छ कार्यसूची ?

    प्रतिनिधि सभा बैठक बस्दै,के छ कार्यसूची ?

    काठमाडौँ– आज (बुधबार) पनि संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दैछ। बैठक बिहान ११ बजे बस्ने तय भएको छ। आजको बैठकमा आगामी आर्थिक वर्षको बजेटका विषयमा छलफल सुरु गर्ने कार्यसूची रहेको छ। बजेटमाथि छलफलका क्रममा उठेका प्रश्नको जवाफ अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले दिने कार्यसूची तय भएको छ।

    अर्थ विधेयक अवधिभित्र फिर्ता नभएको जानकारी गराउने, चलचित्र विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने, प्रधानमन्त्रीको कार्यालयबाट प्राप्त कार्यभार थपबारे जानकारी गराउने सम्भावित कार्यसूची छ।

    बैठकमा अर्थमन्त्रीले विनियोजन विधेयक प्रस्तुत गर्ने, राष्ट्र ऋण उठाउने विधेयक प्रस्तुत गर्नेलगायत सम्भावित कार्यसूची छ।