काठमाडौँ– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाली इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूहबाट पालित पोसितबाट प्रधानमन्त्री र आफु माथि आक्रमण भइरहेको बताएका छन्।
आज (बुधबार) प्रतिनिधि सभाको अर्थ समितिमा आयोजित बजेट सम्बन्धी छलफलमा बोल्दै उनले यस्तो बताएका हुन्। ‘प्रधानमन्त्रीज्यू र म माथि नियोजित रूपमा घेरा बन्दी र आक्रमण भइरहेको छ,’ अर्थमन्त्री वाग्लेले भने,
‘नेपाली इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्नहरूमाथि सरकारले छानबिन गरिरहेको छ। केही दिनमा यो विषय अदालत पुग्दै छ। हामीसँग रुष्ट तिनै समूहबाट पालित पोसितबाट प्रधानमन्त्री र म माथि आक्रमण भइरहेको मलाई शंका लागेको छ।’
सार्वभौम सांसदका माननीज्यूहरु पनि यस्तो समूहका कुराहरूबाट प्रभावित नहुन उनले आग्रह गरे। संसदको गरिमा लहलहैमा लागेर कमजोर पार्न नहुने पनि उनले बताए।