‘बजेट र म विरुद्ध संगठित रूपमा अफवाह फैलाइयो, बदनाम गर्न खोजियो’: अर्थमन्त्री वाग्ले - Chaitanya News
  • 2026-09-13
  • 21:52:00
  • आइतबार,भाद्र २८, २०८३
  • ‘बजेट र म विरुद्ध संगठित रूपमा अफवाह फैलाइयो, बदनाम गर्न खोजियो’: अर्थमन्त्री वाग्ले

    ‘बजेट र म विरुद्ध संगठित रूपमा अफवाह फैलाइयो, बदनाम गर्न खोजियो’: अर्थमन्त्री वाग्ले

    काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफू विरुद्ध संगठित रूपमा अफवाह फैलाइएको आरोप लगाएका छन्।

    आज (बुधबार) प्रतिनिधि सभाको अर्थ समितिमा बजेटबारे आयोजित छलफलमा बोल्दै अर्थमन्त्री वाग्लेले आफू विरुद्ध संगठित रूपमा अफवाह फैलाइएको आरोप लगाएका हुन्। ‘बजेट छलफल गर्नुपर्ने प्रतिनिधि सभामा अवरोध गरेर म विरुद्ध संगठित रूपमा अफवाह फैलाइएको छ,’ अर्थमन्त्री वाग्लेले भने, ‘म त्यसको जवाफ दिन पनि संसदीय समितिमा आएँ।’ अहिले समिति बैठक जारी छ। अर्थमन्त्रीले आफ्नो धारणा राखिरहेका छन्।